arrow

मह प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
honey-business.jpg

लमजुङ । पहाडी जिल्ला लमजुङमा मह प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सुन्दरबजार नगरपालिका–५ गहतेमा निर्माण गर्न लागिएको उक्त केन्द्र अन्तिम चरणमा पुगेको हो । 

केन्द्रको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको मौरीजोन सञ्चालक समन्वय समितिले जनाएको छ । जिल्लाभरिका व्यवसायीले उत्पादन गरेका मह प्रशोधन गर्नका लागि उक्त केन्द्र स्थापना गर्न लागिएको हो । मह प्रशोधनका लागि एकतले आर्सिसी भवनमा ठूलाठूला दुईवटा कोठा निर्माण गरिएको सो समितिका संयोजक केशबहादुर गुरुङले बताए । हाल फिनिसिङ  र  झ्यालढोका राख्ने काम भइरहेको छ । उनका अनुसार विसं २०७९ वैशाखमा सम्झौता भई उक्त केन्द्रको निर्माण सुरु गरिएको थियो । 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको आर्थिक वर्ष २०७८-७९ को रु १५ लाख बजेट र ०७९-८० को रु १४ लाख बजेट गरी रु २८ लाखमा भवन निर्माण भइरहेको बताइएको छ ।संयोजक गुरुङका अनुसार मह प्रशोधनका लागि ग्रामीण सामुदायिक विकास केन्द्रले रु चार लाख बराबरको मह प्रशोधन उपकरणसमेत सहयोग गरेको छ । 

निर्माण कार्य अन्तिम चरणमा पुगेको यस भवन यही जेठ १५ गतेभित्रमा सम्पन्न गर्ने गरी निर्माण तीव्र बनाइएको छ । परियोजनाका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार जिल्लामा बर्सेनि  करिब ५० टन बढी मह उत्पादन हुँदै आएको छ । 

उनले भने, “जिल्ला तथा जिल्लाबाहिर महको माग उच्च रहेकाले जिल्लाका किसानहरु मौरीपालनतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा प्रतिकेजी रु एक हजार एक सयमा मह बिक्री हुँदै आएको छ । उत्पादित महलाई घरमा प्रशोधन गर्दा त्यति शुद्ध नहुनाका साथै  धेरै समय लाग्ने भएकाले छिटोछरितो प्रशोधनका लागि केन्द्र स्थापना गर्ने तयारी भएको बताइएको छ । उक्त केन्द्रमा एक पटकमा एक सय लिटरसम्म मह प्रशोधन हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ