arrow

नौ सहसचिव र १३ उपसचिवको सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
home-ministry-nepal.jpg

पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको सरुवा भएको छ । उनको गुल्मीमा सरुवा गरिएको हो । 

गृह मन्त्रालयले ९ सहसचिव र १३ जना उपसचिवसहित २२ कर्मचारीको सरुवा गर्दा कास्कीका प्रजीअ केसीको पनि सरुवा भएको हो । 

केसीको स्थानमा गृह मन्त्रालयबाट वासुदेव घिमिरे आउने भएका छन् । केसी गत भदौ २९ गते कास्कीमा सरुवा भइ आएका थिए । 

सरुवाको सूची अनुसार आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु हेरफेरमा परेका छन् ।

जसमा सहसचिव खटाइने जिल्ला धादिङ, ललितपुर, कास्की, अछाम, अर्घाखाँची, गुल्मी र उपसचिव खटाइएका जिल्लामा रुकुम पूर्व र तेह्रथुमका प्रमुख जिल्ला अधिकारीहरु परिवर्तन भएका छन् ।

सरुवाको सूची अनुसार, ललितपुरका प्रजिअ जयनारायण अचार्यलाई गृहमा तानिएको छ भने त्यहाँ रुद्रप्रसाद पण्डितलाई खटिएका छन् । पण्डित पञ्जीकरण विभागका महानिर्देशक थिए । पण्डितको ठाउँमा झक्कप्रसाद आचार्यलाई पठाइएको छ ।

यस्तै, सहसचिव बद्रिनाथ पाण्डेलाई धादिङ र हालैमात्र गृहमा भित्रिएका शिवराम न्यौपानेलाई अछाम खटाइएको छ भने कमलराज ढकाललाई अर्घाखाँची पठाइएको छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ