arrow

जरंखुमा दुर्घटनाः एकको मृत्यु, चार घाइते [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
tarkeshwor.jpg

काठमाडौं । तारकेश्वरको जरंखुमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

बुधबार दिउँसो तारकेश्वर रुटमा चल्ने बसले मोटरसाइकललाई ठक्कर दिँदा जोगन्द्र प्रसाद गुप्ताको निधन भएको हो ।

गम्भीर घाइते भएका उनको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए ।

उनका अनुसार बसमा सवार चार जना सामान्य घाइते भएका छन्।

दुर्घटना हुँदा बस खोलामा पुगेको थियो। बसलाई क्रेनको मद्धतले निकालिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयहरू आक्रोशित बनेका छन्।

c67a8b5f-59e6-4a9a-9898-231399c4d01e.JPG
3ab2da9b-ee30-48ce-89d4-dfecb92a7ba3.JPG
42dc8b3b-3d6a-4a3c-ab6c-e339ef462ab5.JPG
da74edbb-7aff-429c-8f75-669c9e6aef69.JPG
9030e4b4-2b6e-4dda-855f-d45ed8ed3927.JPG
b73c10bf-573b-469b-8d01-ed2a2e8089d8.JPG
27601a97-7785-4cda-8c57-002acd4fc8b0.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ