arrow

मेघ गर्जनसहित वर्षा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
monsoon-weather-cloud-rain.jpg

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। 

काठमाडौं उपत्यकामा पनि मेघगर्जनसहित वर्षा भएको छ । हिजो दिउँसोदेखि नै उपत्यकामा वर्षा भइरहेको छ । 
 
दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहनेछ । 

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

राति भने कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ