arrow

च्याम्पियन्स लिगको उपाधि भिडन्त म्यानसिटी र इन्टर मिलानबीच, रियाल बाहिरियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
mancity-2023-win.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधि भिडन्त म्यानचेष्टर सिटी र इन्टर मिलानबीच हुने भएको छ । इटालियन क्लब इन्टरले घरेलु क्लब एसी मिलानलाई र इङ्गलिश क्लब म्यानसिटीले  स्पेनिश क्लब रियाल मड्रिडलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । 

क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा बुधबार राति रियाललाई ४–० ले हराउँदै समग्रमा ५–१ को जितसहित म्यानसिटी फाइनल पुगेको हो ।

सिटी र रियालबीचको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । 

दोस्रो लेगमा रियाललाई जित दिलाउन बेर्नार्डो सिल्भाले दुई तथा म्यानुएल एकान्जी र जुलियन अल्भारेजले एक एक गोल गरे । 

फाइनल खेल जुन १० तारिख राति इस्तानबुलमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ