arrow

दिल्लीको चक्रमा फस्यो पञ्जाब 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
ipl-delhi-punjab-2023.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा पञ्जाब किंग्स पराजित भएको छ । दिल्ली क्यापिटल्सको चक्रबाट बाहिरिन नसक्दा पञ्जाबले हार बेहोरेको हो । यो हारसँगै पञ्जाबको प्लेअफ सम्भावना सकिएको छ । बाँकी छ त केबल अंक गणितीय समीकरणमात्रै । 

बुधबार राति धर्मशालामा भएको खेलमा दिल्ली १५ रनले विजयी भयो । पहिले ब्याटिङ गरेको दिल्लीले २ विकेटको क्षतिमा २१३ रन बनायो । राइलि रस्वले ३७ बलमा अविजित रहँदै ८२ रन बनाए । त्यस्तै पृथ्वी शाले ३८ बलमा ५४, कप्तान डेभिड वार्नरले ३१ बलमा ४६ तथा फिल सल्टले १४ बलमा अविजित रहँदै २६ रन बनाए । 

जवाफमा पञ्जाबले ८ विकेटको क्षतिमा १९८ रन बनायो । लियाम लिभिङस्टोनले ४८ बलमा ९४ तथा अथर्व टाइडेले ४२ बलमा ५५ रन बनाएर रिटार्ड हर्ट भए । इशान्त शर्मा र एन्रिच नोर्टजेले २–२ विकेट लिए ।  

यो खेल जितेको भए पञ्जाबको प्लेअफ पुग्ने सम्भावना जीवितै रहने थियो । यो जितले भने दिल्लीले अन्तिम स्थान छाडेको छ । 

१० टोलीमध्ये अहिलेसम्म एउटा टिममात्र प्लेअफमा पुगेको छ । तीन टिम छानिन बाँकी छ । गुजरात टाइटान्स भने शीर्ष स्थानमा रहँदै प्लेअफ हुँदै क्वालिफायरमा पुगेको छ । अहिलेसम्म औपचारिक रुपमै हैदराबाद र दिल्ली क्यापिटल्स बाहिरिएका छन् । अब बाँकी सात टिममध्ये तीन टिम प्लेअफमा पुग्नेछन् । 

अंक तालिका 
१३ खेलबाट १८ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १३ खेलबाट १५ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ ।  

१३ खेलबाट १५  अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो स्थानमा छ । १२ खेलबाट १४ अंकसहित मुम्बई इन्डियन्स चौथो स्थानमा छ । 

१२ खेलबाट १२ अंकसहित रोयल च्यालेन्जर्स बेंगलोर पाँचौं स्थानमा छ । १३ खेलबाट १२ अंकको राजस्थान रोयल्स छैटौं स्थानमा छ । १३ खेलबाट १२ अंकको कोलकाता नाइट राइडर्स सातौं स्थानमा छ । १३ खेलबाट १२ अंककै पञ्जाब किंग्स आठौं स्थानमा छ । 

१३ खेलबाट दिल्ली क्यापिटल्सको १० अंक छ । पुछारको सनराइजर्स हैदराबादको १२ खेलमा ८ अंक छ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



नयाँ