arrow

प्लेअफ पुग्ने सम्भावना राख्न गर या मरको खेल खेल्दै बेंगलोर

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
ipl-bangalore-haidarabad.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबाद भिड्दै छन् । 

खेल हैदराबादको घरेलु मैदानमा बेलुकी ७ः४५ बजे शुरु हुनेछ । लिगको पुछारमा रहेको हैदराबाद प्रतिष्ठाको खेल खेल्दै गर्दा बेंगलोरले प्लेअफ सम्भावना जीवित राख्न जित्नैपर्ने दबाबमा छ । 

पछिल्ला पाँच खेलको अवस्था हेर्ने हो भने हैदरबादले तीन खेल हार्दा दुईमा जित निकालेको छ । बेंगलोरले पनि तीन खेल हार्दा दुई खेलमात्र जितेको छ । 

१० टोलीमध्ये अहिलेसम्म एउटा टिममात्र प्लेअफमा पुगेको छ । तीन टिम छानिन बाँकी छ । गुजरात टाइटान्स भने शीर्ष स्थानमा रहँदै प्लेअफ हुँदै क्वालिफायरमा पुगेको छ ।

अहिलेसम्म औपचारिक रुपमै हैदराबाद र दिल्ली क्यापिटल्स बाहिरिएका छन् । अब बाँकी सात टिममध्ये तीन टिम प्लेअफमा पुग्नेछन् । 

अंक तालिका 
१३ खेलबाट १८ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १३ खेलबाट १५ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ ।  

१३ खेलबाट १५  अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो स्थानमा छ । १२ खेलबाट १४ अंकसहित मुम्बई इन्डियन्स चौथो स्थानमा छ । 

१२ खेलबाट १२ अंकसहित रोयल च्यालेन्जर्स बेंगलोर पाँचौं स्थानमा छ । १३ खेलबाट १२ अंकको राजस्थान रोयल्स छैटौं स्थानमा छ । १३ खेलबाट १२ अंकको कोलकाता नाइट राइडर्स सातौं स्थानमा छ । १३ खेलबाट १२ अंककै पञ्जाब किंग्स आठौं स्थानमा छ । 

१३ खेलबाट दिल्ली क्यापिटल्सको १० अंक छ । पुछारको सनराइजर्स हैदराबादको १२ खेलमा ८ अंक छ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



नयाँ