arrow

पोखरामा सवारी दुर्घटना : बुबाको मृत्यु, छोरा गम्भीर घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
Accident-sign.jpg

पोखरा । पोखरामा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. २५ घर भइ भई हाल पोखरा-५ पस्र्याङ बस्दै आएका ४६ वर्षीय तुलसीप्रसाद त्रिपाठी रहेका छन् । सो दुर्घटनामा त्रिपाठीका छोरा २२ वर्षका शिशिर त्रिपाठी घाइते भएका छन् ।   

छोरेपाटनबाट पुम्दीकोटतर्फ जाँदै गरेको ग१ख ३२८७ नम्वरको नगर बस र विपरित दिशाबाट आउँदै गरेको ग२३प ३६८६ नम्वर को स्कुटर पोखरा महानगरपालिका वडा नं. २२ शान्तिस्तुप नजिकै आपसमा ठोक्किएर दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको भएपनि तुलसीप्रसादलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

घाइते शिशिरको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ