arrow

बेंगलोरको प्लेअफ सम्भावना कायमै, हैदराबादमाथि शानदान जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
ipl-bangalore-win-2023.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोर विजयी भएको छ । बेंगलोरले सनराइजर्स हैदराबादलाई पराजित गरेको हो । 

हैदराबादमा बिहीबार राति भएको खेलमा बेंगलोर ८ विकेटले विजयी भयो । पहिले ब्याटिङ गरेको हैदराबादले ५ विकेटको क्षतिमा १८६ रन बनायो । हेन्रिच क्लासनले ५१ बलमा १०४ रन बनाए । 

त्यस्तै ह्यारि ब्रोकले १९ बलमा अविजित रहँदै २७ रन बनाए । माइकल ब्रासवेलले २ विकेट लिए । 

जवाफमा बेंगलोरले १९.२ ओभरमा २ विकेट गुमाएर जित हासिल गर्यो । पहिलो विकेटका लागि १७२ रनको साझेदारी गर्ने क्रममा विराट कोहलीले ६३ बलमा १०० रन बनाए भने कप्तान फाफ दु प्लेसिसले ४७ बलमा ७१ रन जोडे । 

यो जितसँगै बेंगलोरले प्लेअफ सम्भावना जीवित राख्न सफल भएको छ । 

१० टोलीमध्ये अहिलेसम्म एउटा टिममात्र प्लेअफमा पुगेको छ । तीन टिम छानिन बाँकी छ । गुजरात टाइटान्स भने शीर्ष स्थानमा रहँदै प्लेअफ हुँदै क्वालिफायरमा पुगेको छ । अहिलेसम्म औपचारिक रुपमै हैदराबाद र दिल्ली क्यापिटल्स बाहिरिएका छन् । अब बाँकी सात टिममध्ये तीन टिम प्लेअफमा पुग्नेछन् । अब अन्तिम चरणका खेलमात्र बाँकी छन् । 

अंक तालिका 
१३ औं चरणको समाप्तिसम्म १८ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १५ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ ।  

१५ अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो स्थानमा छ । १४ अंकसहित रोयल च्यालेन्जर्स बेंगलोर चौथो स्थानमा पुगेको छ । १४ अंकसहित मुम्बई इन्डियन्स पाँचौँ स्थानमा छ । 

खेलबाट १२ अंकको राजस्थान रोयल्स छैटौं स्थानमा छ । १२ अंकको कोलकाता नाइट राइडर्स सातौं स्थानमा छ । १२ अंककै पञ्जाब किंग्स आठौं स्थानमा छ । 

दिल्ली क्यापिटल्सको १० अंक छ । पुछारको सनराइजर्स हैदराबादको ८ अंक छ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



नयाँ