- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आजदेखि अन्तिम चरणका खेल हुँदैछन् ।
आज पञ्जाब किंग्सले राजस्थान रोयल्ससँग खेल्दैछ । यो खेल जित्दा प्लेअफ पुग्न सक्ने अंक गणितीय आशा मात्रै बाँकी रहन्छ भने हार्ने टिमको यो सिजनको अन्तिम खेल हुनेछ ।
खेल धर्मशालामा बेलुकी ७ः४५ बजे शुरु हुनेछ । खासमा दुवै टोलीको प्लेअफ पुग्ने सम्भावना भने असम्भव जस्तै छ ।
१० टोलीमध्ये अहिलेसम्म एउटा टिममात्र प्लेअफमा पुगेको छ । तीन टिम छानिन बाँकी छ । गुजरात टाइटान्स भने शीर्ष स्थानमा रहँदै प्लेअफ हुँदै क्वालिफायरमा पुगेको छ । अहिलेसम्म औपचारिक रुपमै हैदराबाद र दिल्ली क्यापिटल्स बाहिरिएका छन् । अब बाँकी सात टिममध्ये तीन टिम प्लेअफमा पुग्नेछन् ।
अंक तालिका
१३ औं चरणको समाप्तिसम्म १८ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १५ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ ।
१५ अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो स्थानमा छ । १४ अंकसहित रोयल च्यालेन्जर्स बेंगलोर चौथो स्थानमा पुगेको छ । १४ अंकसहित मुम्बई इन्डियन्स पाँचौँ स्थानमा छ ।
खेलबाट १२ अंकको राजस्थान रोयल्स छैटौं स्थानमा छ । १२ अंकको कोलकाता नाइट राइडर्स सातौं स्थानमा छ । १२ अंककै पञ्जाब किंग्स आठौं स्थानमा छ ।
दिल्ली क्यापिटल्सको १० अंक छ । पुछारको सनराइजर्स हैदराबादको ८ अंक छ ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।