arrow

पोखरामा खुला कायाकिङ प्रतियोगिता हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
Kayaking.jpg

पोखरा । पोखरामा खुला कायाकिङ प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल र्‍याफ्टिङ तथा क्यानोइङ संघको समन्वयमा प्रतियोगिता यहि जेठ १२ गते आयोजना हुने भएको हो ।

प्रतियोगिता बारे जानकारी दिंदै प्रदेश खेलकुदका सदस्य तथा सहाशिक खेलकुदका संयोजक बसन्तराज दवाडीले प्रतियोगितामा करिव ३० जनाको सहभागिता हुने अपेक्षा रहेको बताए ।

‘वाटर स्पोर्टस’को विकाससँगै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताउँदै संयोजक दवाडीले प्रतियोगिता पोखरा २५ हेमजा र १९ स्थित सेती र मर्दीको दोभानबाट सुरु हुने जानकारी दिए । 

“यो स्थान ह्वाइट वाटर कायाकिङका लागि निकै सुगम ठाउँ हो” उनले भने, “यो ठाउँलाई कायाकिङ खेलको विकासका लागि समेत प्रवर्द्धन गर्नु प्रतियोगिताको अर्को उद्देश्य हो ।”

सेती र मर्दीको दोभानबाट सुरु हुने प्रतियोगिता याम्दीमा पुगेर समापन हुनेछ । प्रतियोगिता सम्पन्न गर्न ५ लाख खर्च हुने जानकारी परिषद्ले दिएको छ ।

प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो, चौथो पाँचौ हुने विजेता खेलाडीले क्रमश नगद रु ३५ हजार, २५ हजार, १५ हजार र १० हजार र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।



नयाँ