arrow

नीति तथा कार्यक्रम

सरकारले संघीय शिक्षा ऐन संसदको यही अधिवेशनबाट पारित गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
ramchandra-2080-02-05e.jpg

काठमाडौं । संघीय शिक्षा ऐन संसदको चालु अधिवेशनबाटै पारित गरिने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रममा संघीय शिक्षा ऐन संसदको चालु अधिवेशनबाटै पारित गर्ने स्पष्ट पारिएको हो । 

सरकारले विद्यालय तहको पाठ्यक्रममा समसामयिक पुनरावलोकन गर्ने, हरेक वर्ष शैक्षिक सत्रको शुरुमै पाठ्यपुस्तक उपलब्ध हुने सुनिश्चितता गर्ने पनि बताएको छ । त्यस्तै शिक्षा क्षेत्रका सबै किसिमका छात्रवृत्तिहरुलाई एकद्वार प्रणालीमार्फत वितरण गरिने पनि उल्लेख गरिएको छ । 

उच्च शिक्षामा देखिएका समस्या समाधान गरी ठोस सुझाव दिन उच्च स्तरीय शिक्षा आयोग गठन गरिने पनि राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

उनले भने, ‘संघीय शिक्षा ऐन यही अधिवेशनबाट पारित गरिनेछ । विद्यालय तहको पाठ्यक्रममा समसामयिक पुनरावलोकन गरिनेछ । यस वर्ष जस्तै प्रत्येक वर्ष शैक्षिक सत्रको शुरुमै पाठ्यपुस्तक उपलब्ध हुने सुनिश्चित गरिनेछ । शिक्षा क्षेत्रका सबै किसिमका छात्रवृत्तिहरु एकद्वार प्रणालीमार्फत् वितरण गर्ने प्रवन्ध मिलाइनेछ । उच्च शिक्षामा देखिएका समस्या समाधान गरी ठोस सुझाव दिन उच्च स्तरीय शिक्षा आयोग गठन गरिनेछ । हरेक प्रदेशभित्रका विशिष्टिकृत विषय बाहेकका उच्च शिक्षा प्रदान गर्ने संस्थाहरुलाई एकै विश्वविद्यालयको छाता अन्तर्गत रहने गरी पुनःसंरचना गरिनेछ । चिकित्सा शिक्षालाई एकीकृत र योजनावद्ध रुपमा बिस्तार गर्न चिकित्सा शिक्षा सम्बन्धी प्रतिष्ठानहरुलाई एकीकृत छाता ऐन अन्तर्गत सञ्चालन गरिनेछ । यस सम्बन्धी विधेयक संसदको यसै अधिवेशनमा पेश गरिनेछ । एकीकृत प्रतिष्ठान अन्तर्गत सबै प्रदेशमा मेडिकल कलेज स्थापना गरिनेछ ।’

त्यसैगरी विपन्न लक्षित छात्रवृत्तिलाई विस्तार गरिने, दिवा खाजा कार्यक्रमलाई बिस्तार गर्दै लगिने, शिक्षण पेशालाई मर्यादित र आकर्षक बनाउन विशेष प्याकेजको व्यवस्था गरिने कुरा पनि समेटिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ