arrow

उन्मुक्तिको आमहड्तालको कार्यक्रम फिर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
nagarik-unmukti-party.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले घोषणा गरेको आमहड्तालका कार्यक्रम फिर्ता लिएको छ । टीकापुर घटनामा जिल्ला र उच्च अदालतको फैसलालाई नै जेठ २ मा सर्वोच अदालतले पनि सदर गरेपछि नागरिक उन्मुक्तिले ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र फौजदारी विधेयक संसद्मा टेबल भइसकेको जानकारी गराएपछि नेपाल बन्दको कार्यक्रम फिर्ता लिइएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फौजदारी विधेयक संसद्मा टेबुल भइसकेको र कानून संशोधन गरेर भए पनि अन्य राजबन्दीको रिहाइ गर्ने प्रतिबद्धता जनाएकाले नेपाल बन्द फिर्ता लिएको पार्टीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ