arrow

कोशी र मधेसमा हावाहुरी, उपत्यकामा सूर्य दर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ६ शनिबार
weather-2022-evergreen.jpg
तस्बिर – फाइल ।

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहेको छ। 

दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहनेछ। गण्डकी प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशको पहाडी भू(भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीकोसमेत सम्भावना रहेको छ ।

 राति भने कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

काठमाडौं उपत्यकामा भने बिहानैदेखि घाम लागिरहेको छ । लामो समयपछि सूर्यको दर्शन बिहानै मिलेको छ । 

यसअघिका दिनहरुमा भने कतै बादल रहँदा कतै घाम देखिन्थ्यो । तर आजको दिनमा पनि मौसम पूर्णरुपले खुलेको भने छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ