- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटबाट पञ्जाब किंग्स बाहिरिएको छ । हिजोदेखि शुरु भएका अन्तिम चरणका खेलबाट बाहिरिने क्रम हरेक दिन रहन्छ । सोहीअनुसार पञ्जाब पराजित भएपछि बाहिरिएको छ ।
हिजोदेखिको अन्तिम चरण अर्थात् भर्चुअल नकआउटबाट राजस्थान रोयल्ससँग पराजित हुँदै पञ्जाब बाहिरिएको हो ।
धर्मशालामा भएको होलमा राजस्थान ४ विकेटले विजयी भयो । पहिले ब्याटिङ गरेको पञ्जाबले ५ विकेटको क्षतिमा १८७ रन बनायो ।
५० रन बनाउँदा ४ किवेट गुमाइसकेको पञ्जाबका लागि मिडिल अर्डर ब्याटरले सम्हालेका हुन् ।
साम कुरानले ३१ बलमा अविजित रहँदै ४९, जितेश शर्माले २८ बलमा ४४ तथा शाहरुख खानले २३ बलमा आविजित रहँदै ४१ रन बनाए ।
राजस्थानका नवदीप शैनीले ३ विकेट लिए ।
जवाफमा राजस्थानले १९.४ ओभरमा ६ विकेटको क्षतिमा जित हासिल गर्यो । देवदत्त पडिकलले ३० बलमा ५१, यशस्वी जैसवालले ३६ बलमा ५० तथा शिम्रन हेटमायरले २८ बलमा ४६ रन जोडे । कागिसो रबाडाले २ विकेट लिए ।
यो खेलमा १८.३ ओभरमा खेल जितेको भए राजस्थान चौथो स्थानमा पुग्ने थियो । तर पाँच बल ढिला जित्दा भने पाँचौं स्थानमा रहेको छ ।
राजस्थानले आफ्नो चरणको सबै खेल खेल्दा पाँचौं स्थानमा छ । प्लेअफमा पुग्न भने रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इन्डियन्स पराजित भएमात्र सम्भव छ ।
१० टोलीमध्ये अहिलेसम्म एउटा टिममात्र प्लेअफमा पुगेको छ । तीन टिम छानिन बाँकी छ । गुजरात टाइटान्स भने शीर्ष स्थानमा रहँदै प्लेअफ हुँदै क्वालिफायरमा पुगेको छ । अहिलेसम्म औपचारिक रुपमै पञ्जाब किंग्स, सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्स बाहिरिएका छन् । अब बाँकी छ टिममध्ये तीन टिम प्लेअफमा पुग्नेछन् ।
अंक तालिका
१३ खेलबाट १८ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १३ खेलबाटै १५ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ ।
१३ खेलबाट १५ अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो स्थानमा छ । १३ खेलबाट १४ अंकसहित रोयल च्यालेन्जर्स बेंगलोर चौथो स्थानमा छ । १४ खेलबाट १४ अंकसहित राजस्थान रोयल्स पाँचौं स्थानमा छ ।
१३ खेलबाट १४ अंकसहित मुम्बई इन्डियन्स छैटौँ स्थानमा छ ।
१३ खेलबाट १२ अंकको कोलकाता नाइट राइडर्स सातौं स्थानमा छ ।
बाहिरिएको पञ्जाब किंग्सको १४ खेलमा १२ अंक छ ।
१३ खेलबाट दिल्ली क्यापिटल्सको १० अंक छ ।
१३ खेलबाट सनराइजर्स हैदराबादको ८ अंक छ ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।