arrow

आईपीएलमा चेन्नई–दिल्ली र कोलकाता–नखनउ भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ६ शनिबार
ipl-t20-2023.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज दुई खेल हुँदैछन् । हिजोदेखि शुरु भएका अन्तिम चरणका खेलबाट बाहिरिने क्रम हरेक दिन रहन्छ । 

हिजोदेखिको अन्तिम चरण अर्थात् भर्चुअल नकआउटमा आजको पहिलो खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स भिड्दै छन् । 

दिल्लीमा हुने खेल जित्दा चेन्नई दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुग्नेछ । यदि चेन्नई पराजित भयो भने प्लेअफमा पुग्ने सम्भावना जीवितै रहे पनि अन्य खेलको नतिजामा भर पर्छ । दिल्ली भने बाहिरिइसकेको छ । उसको यो खेल प्रतिष्ठाको लडाइँको खेलमात्रै हो । यो खेल दिउँसो ३ः४५ बजे शुरु हुन्छ । 

आजको दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्टस खेल्नेछन् । खेल बेलुकी ७ः४५ बजे इडन गार्डेनमा हुनेछ । 

यो खेल जित्दा लखनउ प्लेअफमा पुग्नेछ भने हार्दा अन्य टिमको नतिजामा भर पर्छ । त्यस्तै कोलकाताले यो खेल जित्दा पनि अन्य टिमको नतिजामा भर पर्छ । हार्दा भने कोलकाता स्वतः बाहिरिने छ । 

अंक तालिका 
१३ खेलबाट १८ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १३ खेलबाटै १५ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ ।  

१३ खेलबाट १५ अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो स्थानमा छ । १३ खेलबाट १४ अंकसहित रोयल च्यालेन्जर्स बेंगलोर चौथो स्थानमा छ । १४ खेलबाट १४ अंकसहित राजस्थान रोयल्स पाँचौं स्थानमा छ । 

१३ खेलबाट १४ अंकसहित मुम्बई इन्डियन्स छैटौँ स्थानमा छ । 

१३ खेलबाट १२ अंकको कोलकाता नाइट राइडर्स सातौं स्थानमा छ । 

बाहिरिएको पञ्जाब किंग्सको १४ खेलमा १२ अंक छ । 

१३ खेलबाट दिल्ली क्यापिटल्सको १० अंक छ । 

१३ खेलबाट सनराइजर्स हैदराबादको ८ अंक छ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



नयाँ