- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चेन्नई सुपर किंग्स प्लेअफमा पुग्न सफल भएको छ । अन्तिम चरणको खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै तालिकाको दोस्रो स्थानमा रहँदै चेन्नईले प्लेअफमा स्थान पक्का गरेको हो ।
दिल्लीमा भएको खेलमा चेन्नई ७७ रनले विजयी भयो । पहिले ब्याटिङ गरेको चेन्नईले ३ विकेटको क्षतिमा २२३ रन बनायो ।
पहिलो विकेटका लागि १४१ रनको साझेदारी गर्ने क्रममा देवोन कन्वेले ५२ बलमा ८७ तथा ऋतुराज गायकवाडले ५० बलमा ७९ रन बनाए ।
शिवम दुबेले ९ बलमा २२ तथा रविन्द्र जडेजाले ७ बलमा अविजित रहँदै २० रन बनाए । कप्तान महेन्द्र सिंह धोनीले भने ४ बलमा अविजित रहँदै ५ रन बनाए ।
जवाफमा दिल्लीले ९ विकेटको क्षतिमा १४६ रनमात्र बनायो । वान म्यान आर्मी कप्तान डेभिड वार्नरले ५८ बलमा ८६ रन बनाए ।
दीपक चहरले ३ तथा महिश थिक्शाना र मथिशा पथिरानाले २–२ विकेट लिए ।
अंक तालिका
१३ खेलबाट १८ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १४ खेलबाट १७ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ ।
१३ खेलबाट १५ अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो स्थानमा छ । १३ खेलबाट १४ अंकसहित रोयल च्यालेन्जर्स बेंगलोर चौथो स्थानमा छ । १४ खेलबाट १४ अंकसहित राजस्थान रोयल्स पाँचौं स्थानमा छ ।
१३ खेलबाट १४ अंकसहित मुम्बई इन्डियन्स छैटौँ स्थानमा छ ।
१३ खेलबाट १२ अंकको कोलकाता नाइट राइडर्स सातौं स्थानमा छ ।
बाहिरिएको पञ्जाब किंग्सको १४ खेलमा १२ अंक छ ।
१३ खेलबाट दिल्ली क्यापिटल्सको १० अंक छ ।
१३ खेलबाट सनराइजर्स हैदराबादको ८ अंक छ ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।