- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बर्दिया । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले आमरण अनसन स्थगित गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग सहमति भएसँगै गौतमले शनिबार दिउँसो अनसन स्थगित गरेका हुन् ।
गत बैशाख ३० गतेदेखि ‘हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानसहित विभिन्न १५ बुँदे माग राखेर उनले आमरण अनसन थालेका थिए ।
बर्दियाको बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुल (भत्किएको) मुनि अनसनरत गौतमले आमरण अनसनको आठौँ दिन मन्त्री ज्वालासँग सहमति भएसँगै अनसन स्थगित गरेका हुन् ।
मन्त्री ज्वाला अनसनरत स्थलमा गएर वार्ता गरी ११ बुँदे सहमति भएसँगै दिउँसो सांसद गौतमले अनसन स्थगन गरेका हुन् ।
गौतमले पटक पटक संसदमै आफ्ना माग राख्दै आएका थिए । तर माग पूरा हुने नदेखेपछि उनले आफूले कडा कदम चाल्ने बताएका थिए ।
यो अवधिमा उनको कांग्रेसको नेतृत्वले भने कुनै पहलसमेत गरेको थिएन ।