arrow

एमालेले सरकारको नीति तथा कार्यक्रम पारित गर्न नदिने

कडाइका साथ प्रस्तुत हुन ओलीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
kp-sharma-oli-2080-01-28.jpg

काठमाडौं । नेकपा (एमाले) ले सरकारले ल्याएको नीति तथा कार्यक्रममा संसद्बाट पारित गर्न नदिने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठकमा   अध्यक्ष ओलीले पारित नगर्नेतर्फ आफ्नो पार्टीको नीति हुने बताएका छन् । 

सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्योलग्रस्त र दिशाहीन तथा राजनीतिक, सामाजिक, आर्थिक कुनै पनि समस्या समाधान नगर्ने आरोप लगाउँदै अध्यक्ष ओलीले पारित नगर्नेतर्फ आफ्नो पार्टीको नीति हुने बताए ।

 उनले आजदेखि छलफल हुने नीति तथा कार्यक्रममा पार्टीका तर्फबाट व्यक्त गरिएका कुरालाई कडाइका साथ प्रस्तुत गर्न सांसदलाई निर्देशन दिएका हुन् ।  “एमालेको भूमिका अलि लुलोलुलो भयो । नुन खाएको कुखुरा जस्तो, झोक्राए जस्तो के भएको भनेर भन्ने गरेका छन्”, उनले भने, “त्यसैले हाम्रो प्रस्तुति संसद्मा कडा हुनुपर्दछ, । संसद्मा जति समय पाउनुहुन्छ । आफ्ना कुरा कडाइका साथ राख्नुहोला ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ