arrow

एक रनले जित्दै लखनउ प्लेअफमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
ipl-lakhnau-2023.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा लखनउ सुपर जाइन्टस प्लेअफमा पुगेको छ । अन्तिम चरणको अन्तिम खेलमा कोलकाता नाइट राइडर्समाथि सनसनीपूर्ण जित हासिल गर्दै लखनउ प्लेअफमा पुगेको हो । 

इडेन गार्डेनमा भएको खेल लखनउले एक रनले जित्यो । पहिले ब्याटिङ गरेको लखनउले ८ विकेटको क्षतिमा १७६ रन बनायो । 

निकोलस पुरनले ३० बलमा ५८ रन जोडे । क्विन्टन डे ककले २८ रन बनाए । कोलकाताका सुनिल नाराइन, शार्दुल ठाकुर र वैभव अरोराले २–२ विकेट लिए । 

जवाफमा कोलकाताले ७ विकेटको क्षतिमा १७५ रनमात्र बनाएपछि एक रनको हार बेहोर्यो । 

रिंकु सिंहले ३३ बलमा अविजित रहँदै ६७ रन जोडे पनि टिमलाई जिताउन सकेनन् । त्यस्तै जासन रोयले ४५ रन बनाए । 

रवि बिस्नोई र याश ठाकुरले २–२ विकेट लिए । 

यो नतिजापछि लखनउ प्लेअफमा पुग्दा कोलकाता बाहिरिएको छ । 

अंक तालिका 
१३ खेलबाट १८ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १४ खेलबाट १७ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ ।  

१४ खेलबाट १७ अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो स्थानमा छ ।

१३ खेलबाट १४ अंकसहित रोयल च्यालेन्जर्स बेंगलोर चौथो स्थानमा छ । १४ खेलबाट १४ अंकसहित राजस्थान रोयल्स पाँचौं स्थानमा छ । 

१३ खेलबाट १४ अंकसहित मुम्बई इन्डियन्स छैटौँ स्थानमा छ । 

१४ खेलबाट १२ अंकको कोलकाता नाइट राइडर्स सातौं स्थानमा छ । 

१४ खेलबाट १२ अंकको पञ्जाब किंग्स आठौं स्थानमा छ । 

१४ खेलबाट दिल्ली क्यापिटल्सको १० अंक छ । 

१३ खेलबाट सनराइजर्स हैदराबादको ८ अंक छ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



नयाँ