arrow

मुम्बई–हैदराबाद मैदानमा, हैदराबाद ब्याटिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
ipl-mimbai-haidarabad-2023.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज दुई खेल हुँदैछन् । यी खेल सकिएसँगै प्लेअफ समीकरण पूरा हुनेछ । 

अहिलेसम्म तीन टिमको छिनोफानो हुँदा आजका दुई खेलबाट जित्ने एक टिम प्लेअफमा पुग्नेछ । 

अहिले मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद भिडिरहेका छन् । खेल वाङखेडे मैदानमा भइरहेको छ ।

खेलमा टस जितेर मुम्बईले पहिले फिल्डिङ गरिरहेको छ । 

बेलुकी ७ः४५ रोयल च्यालेन्जर्स बैंगलोरले साविक विजेता गुजरात टाइटान्ससँग खेल्नेछ । 

अहिलेसम्म गुजरात टाइटान्स शीर्ष स्थानमा रहँदै क्वालिफायरमा, चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रहँदै क्वालिफायरमा तथा लखनउ सुपर जाइन्टस तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको छ । 

मुम्बई र बेंगलोरको समान अंक भएका अवस्थामा दुवै टिमले जित्दा बेंगलोर नै प्लेअफमा पुग्नेछ । दुवै टिम पराजित हुँदा समान अंकको राजस्थान रोयल्सले अवसर पाउन सक्नेछ । 

मुम्बईले जित्दा यदि बेंगलोर पराजित भयो भने मात्र मुम्बई प्लेअफमा पुग्नेछ । यसकारण पनि आजका खेलको भिडन्त रोचक हुनेछ । 

१४ अंकभन्दा कम भएका टिमहरु भने बाहिरिएका छन् । 

अंक तालिका 
१३ खेलबाट १८ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १४ खेलबाट १७ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ ।  

१४ खेलबाट १७ अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो स्थानमा छ ।

१३ खेलबाट १४ अंकसहित रोयल च्यालेन्जर्स बेंगलोर चौथो स्थानमा छ । १४ खेलबाट १४ अंकसहित राजस्थान रोयल्स पाँचौं स्थानमा छ । 

१३ खेलबाट १४ अंकसहित मुम्बई इन्डियन्स छैटौँ स्थानमा छ । 

१४ खेलबाट १२ अंकको कोलकाता नाइट राइडर्स सातौं स्थानमा छ । 

१४ खेलबाट १२ अंकको पञ्जाब किंग्स आठौं स्थानमा छ । 

१४ खेलबाट दिल्ली क्यापिटल्सको १० अंक छ । 

१३ खेलबाट सनराइजर्स हैदराबादको ८ अंक छ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



नयाँ