arrow

यस्तो छ आईपीएलको अबको यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
ipl-t20-2023.jpeg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको पहिलो क्वालिफायर खेल मंगलबार हुँदैछ । 

खेलमा गुजरात टाइटान्स र चेन्नई सुपर किंग्स भिड्दै छन् । गुजरात २० अंकसहित शीर्ष स्थानमा रहेर र चेन्नई १७ अंकसहित दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेल्न पाएको हो । 

खेल बेलुकी ७ः४५ बजे चेन्नईमा हुँदैछ । जित्ने टिम फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्न पाउने छ । 

बुधबार इलिमिनेटर
बुधबार इलिमिनेटर खेल हुँदैछ । अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहेर प्लेअफमा पुगेका टिमले इलिमिनेटर खेल्नेछन् । 

लखनउ सुपर जाइन्टस र मुम्बई इन्डियन्स आमने सामने हुँदैछन् । लखनउ १७ अंकसहित तेस्रो तथा मुम्बई १६ अंकसहित चौथो हुँदै प्लेअफमा पुगेको हो । 

जित्ने टिमले दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित हुने टिम बाहिरिने छ । 

दोस्रो क्वालिफायर आगामी शुक्रबार खेलिने छ । यो खेल बेलुकी ७ः४५ बजे अहमदाबादमा हुनेछ । 

फाइनल खेल आगामी आइतबार अमहदाबादमै हुनेछ । 
 

लिग चरणको अंक तालिका 
१० टोली सहभागी लिग चरणका सबै खेलबाट २० अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा रह्यो १७ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रह्यो ।   

१७ अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो तथा १६ अंकसहित मुम्बई इन्डियन्स चौथो स्थानमा रह्यो । 

राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोरको समान १४ अंक रह्यो । कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको समान १२ अंक रह्यो ।

दिल्ली क्यापिटल्सको १० तथा पुछारको सनराइजर्स हैदराबादको ८ अंक रह्यो । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ