arrow

संघीय संसद्को विधेयकबारे पहिलो बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
samyukta-baithak-samsad.jpg

काठमाडौं । संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली ,२०७५ संशोधन मस्यौदा समितिको पहिलो बैठक नयाँ बानेश्वरमा बसेको छ । 

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा पहिलो बैठक बसेको हो । 

बैठकलाई सम्बोधन गर्दै सभामुख घिमिरेले मस्यौदा समितिले नियमावलीमा संशोधनको काम जति छिटो सक्नुपर्ने वाध्यकारी अवस्था रहेको बुझेर काम गर्ने छ भन्ने विश्वास ब्यक्त गरे । 

राष्ट्रिय सभाका अध्यक्ष  तिमिल्सिनाले नियमावली सर्वसम्मत ढंगले पास गर्न आग्रह गर्दै लामो समयसम्म संशोधन गर्न नपर्ने गरी तयार हुने विश्वास ब्यक्त गरेका थिए । 



नयाँ