arrow

काभा भलिबलमा नेपाल र बंगलादेश भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
cava-volleyball-nepal.JPG

काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने यो खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

नेपाल आज लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपालले सोमबार कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो ।

आजका अन्य खेलमा भारतले कीर्गिस्तानसँग, श्रीलंकाले काजकिस्तानसँग तथा उज्वेकिस्तानले माल्दिभ्ससँग खेल्दैछ । 

प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। समूह ए मा नेपालसहित भारत, बंगलादेश र कीर्गिस्तान छन् । समूह बी मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।

राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ