arrow

कस्तो रहला आजको मौसम ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
kathmandu-weather-2080.jpg

काठमाडौं । काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि सामान्य बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि समान्य बदली रहनेछ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा हुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ