arrow

काभा भलिबलमा नेपाल एक खेलअघि नै सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
kava-volleyball-nepal-bangladesh.jpg

काठमाडौं । एनएससी-काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनलमा पुगेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज  भएको खेलमा नेपालले बङ्गलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । यस जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनल प्रवेश गर्न सफल भयो ।

नेपालले बङ्गलादेशलाई पहिलो सेट २५-१० ले आफ्नो पक्षमा पार्यो भने खेलको दोस्रो सेट २५-८ तथा तेस्रो सेट २५-९ ले विजयी भयो ।

समूह ‘ए’ को नेपालले ६ अङ्क जोडेको छ । समान ६ अङ्क नै जोडएको भारत पनि यस समूहबाट सेमिफाइनल प्रवेश गरेको छ । समान दुई खेलमा जितविहीन बङ्गलादेश र किर्गिस्तान भने समूह चरणबाट बाहिरिएका छन् । नेपालले पहिलो खेलमा कीर्गिस्तानलाई पराजित गरेको थियो ।

अब नेपालले तेस्रो खेलमा बुधबार भारतको सामना गर्नेछ । भारत र नेपालको खेलबाट समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । 

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ