arrow

दुवै सदनको संयुक्त बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
Parliament_building-1619601493.png

काठमाडौं । आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्ने भएको छ । 

सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न आज  अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको हो । 

संयुक्त समिति नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको सभामुख देवराज घिमिरेले बताए । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालनको नियमावली मस्यौदाको संशोधन मस्यौदा समितिका प्रतिवेदन पेस गर्ने प्रयोजनको लागि संघीय संसदको संयुक्त बैठक आज बस्ने उनले बताए ।

प्रतिनिधिसभा बैठक भने आज बिहान ११ बजे बस्नेछ।  बैठकमा सरकारले पेश गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम माथिको छलफल जारी रहने बताइएको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ