arrow

स्थानीय वायुको प्रभाव : देशभर बदली, केही स्थानमा हावाहुरीको सम्भावना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
kathmandu-weather-2080.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा बिहानैदेखि सामान्य बदली रहेको छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभावका कारण देशभर सामान्य देखि पूर्णतया बदली रहने छ । 

देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले जनाएको राती देशको पहाडी भू-भागहरूमा सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशको केही स्थान र बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ