arrow

इलिमिनेटरमा मुम्बई र लखनउ खेल्दै, हार्ने बाहिरिने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
ipl-mumbai-lakhanau.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको इलिमिनेटर खेलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्टस खेल्दैछन् । 

चेन्नईको मैदानमा बेलुकी ७ः४५ बजेदेखि खेल शुरु हुँदैछ । यो खेलमा जित हासिल गर्ने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टिम बाहिरिने छ । 

अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहेर प्लेअफमा पुगेका टिमले इलिमिनेटर खेल्न लागेका हुन् । लखनउ १७ अंकसहित तेस्रो तथा मुम्बई १६ अंकसहित चौथो हुँदै प्लेअफमा पुगेको हो । 

दोस्रो क्वालिफायर आगामी शुक्रबार खेलिने छ । यो खेल बेलुकी ७ः४५ बजे अहमदाबादमा हुनेछ । दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता तथा पहिलो क्वालिफायरबाट पराजित भएको गुजरात टाइटान्सले खेल्नेछन् । यो खेलको विजेता फाइनलमा पुग्नेछ । 

दुवै टिमले पछिल्ला पाँच खेलमा नतिजा हेर्दा मुम्बईले तीन खेल जितेको छ दुईमा हार बेहोरेको छ । लखनउले भने तीनमा जित तथा एक एक खेलमा पराजित र रद्द भएको थियो । 

लगातार दोस्रो पटक लखनउ प्लेअफमा पुगेको हो । 

नखनउमा यसपालि मार्कस स्टोइनिसले ३६८ रन बनाएका छन् । काइल मेयर्सले ३६१ रन बनाउँदा रवि बिस्नोईले १६ विकेट लिएका छन् । 

मुम्बईबाट सूर्यकुमार यादवले ५११ रन बनाएका छन् । इशान किशनले ४३९ रन बनाए । पियुष चावलाले २० विकेट लिएका छन् । 

हेड टु हेडमा दुवैले आपसमा ३ खेल खेलेका छन् । तीन वटै खेल लखनउले जितेको छ । 

स्पिनरलाई मद्धत मिल्ने यो पिचको औसत स्कोर १६० देखि १७० रन हो । मंगलबार राति चेन्नई सुपर किंग्सले १७२ रन बनाएको थियो । गुजरात टाइटान्स १५ रनले पराजित भएको थियो । 

फास्ट बलर र स्पिनर दुवैलाई मद्धत मिल्नेछ । 
 

फाइनल आइतबार 
फाइनलमा चेन्नई सुपर किंग्स पुगिसकेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायरमा जित हासिल गर्दै चेन्नई फाइनलमा पुगेको हो । चेन्नईले साविक विजेता गुजरात टाइटान्सलाई पराजित गर्यो । 

चेन्नईको मैदानमा भएको खेलमा गुजरात १५ रनले पराजित भयो । खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले ७ विकेटको क्षतिमा १७२ रन बनायो । 

८७ रनको ओपनिङ साझेदारी भएको खेलमा ऋतुराज गायकवाडले ४४ बलमा ६० तथा डेवोन कन्वेले ३४ बलमा ४० रन बनाए । 

रविन्द्र जडेजाले १६ बलमा २२ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनी भने २ बलमा १ रन बनाएर आउट भए । 

मोहम्मद शमी र मोहित शर्माले २–२ विकेट लिए । जवाफमा गुजरातले सबै विकेट गुमाएर १५७ रनमात्र बनाउन सक्यो ।

शुबमन गिलले ३८ बलमा ४२ तथा राशिद खानले १६ बलमा ३० रन बनाए । दीपक चहर, महीश थिक्शाना, रविन्द्र जडेजा र मथिशा पथिरानाले २–२ विकेट लिए । ऋतुराज प्लेयर अफ द म्याच भए । 

 गुजरात २० अंकसहित शीर्ष स्थानमा रहेर र चेन्नई १७ अंकसहित दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेलेका हुन् । चेन्नई १० पटक फाइनलमा पुगिसकेको छ । चेन्नईले आइतबार हुने फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ ।

लिग चरणको अंक तालिका 
१० टोली सहभागी लिग चरणका सबै खेलबाट २० अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा रह्यो १७ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रह्यो ।   

१७ अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो तथा १६ अंकसहित मुम्बई इन्डियन्स चौथो स्थानमा रह्यो । 

राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोरको समान १४ अंक रह्यो । कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको समान १२ अंक रह्यो ।

दिल्ली क्यापिटल्सको १० तथा पुछारको सनराइजर्स हैदराबादको ८ अंक रह्यो । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ