arrow

पाँच प्रदेशमा मेघगर्जनसहित वर्षा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
weather-2079-06-21a.jpg
तस्बिर – फाइल ।

काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको पनि स्थानीय वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

राति भने देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ