arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

शंकाको घेराका प्रेम राईदेखि बादलमाथि अनुसन्धान गर्ने बाटो खुला 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
rambahadur-thapa-badal-premkumar-rai.jpg
तस्बिर – बायाँ प्रेमकुमार राई, दायाँ रामबहादुर थापा बादल ।

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरूको बयानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई लगायतका व्यक्तिमाथि अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । 

बुधबार साँझ सरकारी वकिल कार्यालयले प्रहरीलाई पत्राचार गर्दै सो बाटो खुला गरेको हो । बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा ३० जनाविरूद्ध मुद्दा दर्ता गरेपछि अन्यको हकमा पनि अनुसन्धान गर्न बाटो खुला गरिदिएको हो ।  

सरकारी वकिलले बयानको क्रममा अभियुक्तहरूले बयानमा खुलाएका व्यक्तिहरूको हकमा पनि अनुसन्धान गर्न भनेर जिल्ला प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको हो । 

‘हामीले कुनै पनि व्यक्तिको नाम लिएर अनुसन्धान गर्नु भनेका छैनौं । तर बयानको क्रममा आएका जति सबै व्यक्तिहरूमाथि थप अनुसन्धान गर्नू भनेका छौं,’ प्रमुख सरकारी वकिल एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने । 

प्रहरीको अनुसन्धानबाट अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राई, पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, उनकी श्रीमती नैनकला थापा, पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वप्रदेश सांसद अजयक्रान्ति शाक्य, काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापित लगायतलाई अनुसन्धान गर्ने संभावना बढेको छ । 

सरकारी वकिलले यस प्रकरणमा ३० जनाविरूद्ध मुद्दा चलाउनुपर्ने उल्लेख गरेको छ । १६ जना पक्राउ परेका छन् भने बाँकीलाई फरार करार गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ