arrow

आइतबारसम्मका लागि नेप्से बन्द 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
nepal-stock-exchange-nepse.jpg

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार बन्द हुने भएको छ ।

आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक बिदा भएको कारण शेयर बजार बन्द हुने भएको हो । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

शुक्रबार र शनिबार भने नेप्से बन्द हुँदै आएको छ । 

अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा अडिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ