arrow

हल्का वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
cold-weather.jpg

काठमाडौं ।  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसले अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । 

 देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

 तराईका केही स्थानमा हवाहुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागे पनि दिउँसो बदली र छिटफुट वर्षाको सम्भावना छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ