- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेले सदनमा अवरोध गरेको छ । नेकपा एमालेका सांसद पदम गिरीले संसद चल्न नसक्ने बताएका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा शुरु भएसँगै उनले एमाले भ्रष्टाचार विरोधी अभियान छेड्ने बताएका छन् । उनले पशुपतिमा जलहरी पित्तलको भएको पुष्टि गर्न सरकार सामु माग गरेका छन् ।
उनले भने,'सत्ता पक्षका एक सांसदले पशुपतिमा लगाएको सुन पित्तल लगाएको भनी आरोप लगाउनु भएको छ । यदि त्यो लगाएको जलहरी सुन होइन पित्तल हो भने यो सरकारले यो सदनलाई जवाफ दिनुपर्छ । यो जवाफ नआएसम्म यो सदन एक इन्च पनि अघि बढ्न सक्दैन । प्रतिपक्षमाथि एक पछि अर्को गर्दै जुन आरोप लगाइएको छ । त्यो तथ्यहीन छ । यस्ता तथ्यहीन आरोप लगाउने माननीयलाई कारबाही गर्नुपर्छ । नत्र यो सदन अघि बढ्न सक्दैन ।'