arrow

महिला भलिबलमा भारत फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
volleyball-india-women.jpg

काठमाडौं । राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारतले उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा पुगेको हो । 

भारतले पहिलो सेट २५-१७, दोस्रो सेट २५-२०, तेस्रो तथा अन्तिम सेट २५-१५ मा आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गर्‍यो । अब भारतले फाइनल खेलमा नेपाल र काजकिस्तानबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल यही जेठ १४ गते हुनेछ । 

नेपाल र काजकिस्तानबीचको दोस्रो सेमिफाइलन खेल आज साँझ हुँदैछ । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्रले सहभागिता जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ