- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा केन्द्रीय सदस्य मीन विश्वकर्मालाई मनोनयन गरेका छन्।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेपछि सभापति देउवाले प्रचार विभाग प्रमुखमा विश्वकर्मालाई मनोनयन गरेका हुन्। काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले काँग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) अनुसार विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा मनोनयन गरिएको हो।