- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पूर्णबहादुर श्रेष्ठले उपत्यकामा साढे २ तलाको घर जित्न सफल भएका छन् । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले संचालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा श्रेष्ठले घर जित्न सफल भएका हुन् ।
यूएईबाट ईसेवा मनि ट्रान्सफरमार्फत आफ्नो घरमा रहेका बुबाको बैंक एकाउन्टमा रेमिट्यान्स पठाएका पूर्णले घर जितेका हुन् । शुक्रबार ईसेवाका ब्राण्ड एम्बेस्डरहरू र कम्पनीका कार्यकारी अधिकृतले इसेवा मनि ट्रान्सफरको आधिकारिक फेसबुक पेजमार्फत गरेको प्रत्यक्ष डिजिटल गोलाप्रथामा विजेता श्रेष्ठले ललितपुरको घर जित्न सफल भएका हुन् ।
उनले महालक्ष्मी नगरपालिका ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर जितेका हुन् ।
प्रत्यक्ष प्रसारण कार्यक्रममा बोल्दै ईसेवा मनि ट्रान्सफरका निर्देशक डेनियल डी श्रेष्ठले विजेता श्रेष्ठलाई धन्यवाद व्यक्त गरे । उनले नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट ग्रुप अन्तर्गतको कम्पनी ईंसेवा मनि ट्रान्स्फरले रेमिट्यान्सलाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको भन्दै आगामी दिनमा पनि कम्पनीले रेमिट्यान्स्लाई डिजिटल बनाउँदै अझ छिटो र विश्वसनिय बनाउन निरन्तर लागि रहनेछ भन्ने विश्वास दिलाउन चाहेको बताए ।
गत वर्षको असोज ७ देखि जेठ ६ गतेसम्म रेमिट्यान्स पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए ।
ईसेवाका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विदेशबाट नेपालीले पठाउने रेमिट्यान्सलाई वैधानिक बनाउने कुरामा मेरो डिजिटल देश अभियान अन्तर्गतको विन योर ड्रिम हाउस सफलतापूर्वक सम्पन्न भएको बताए ।