- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छिन् । द हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित सनराइज हलमा शनिबार गराएको फिनाले प्रतिस्पर्धाबाट लिबरल आर्टस् एन्ड साइन्समा स्नातक श्रीच्छाले मिस नेपालको ताज लगाएकी हुन् ।
यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छिन् । उनी नेपालकै पहिलो मिस नेपाल रुवी राणाकी छोरी हुन् ।
त्यस्तै मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले जितेकी छन् । उनी पाइलट हुन् ।
फिनालेमा २४ जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए ।