- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । हाल देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनसम्म सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका पानी पर्ने सम्भावना रहेको छ ।
हाल कोशी र मधेस प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ-गर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। राती कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरूमा आंशिक बदली रहनेछ।
सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ-गर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
मङ्गलवार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ-गर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।