प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित (भिडियो)
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
459
Shares
काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।
प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा बहुमतले सो नीति तथा कार्यक्रम पारित भएको हो । यस अघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै मुलुकमा विद्यमान समस्या समाधानका लागि सबै दलहरुलाई मिलेर अघि बढन आह्वान गरेका थिए ।