नेपालगञ्ज कांग्रेसलाई चुस्त बनाउन धनराजलाई कार्यबाहक सभापतिको जिम्मा
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
738
Shares
नेपालगञ्ज । नेपाली कांग्रेस नेपालगञ्ज नगर कमिटीको कार्यबाहक सभापतिको जिम्मेवारी धनराज बर्माले पाएका छन् ।
नेपालगञ्जका कांग्रेस नगर सभापति एवं नेपालगञ्न उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले उपसभापति बर्मालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएको नेपालगञ्ज नगर कमिटीले जानकारी दिएको छ ।
नेपालगञ्जका मेयरसमेत रहेका नगर सभापति विष्टले नेपालगञ्जको समग्र विकास र जनताका कार्यहरु गर्नुपर्ने भएका कारण नगर कमिटीलाई चुस्त रुपले चलाउन उर्जावान एवं पार्टीप्रति कर्तव्यनिष्ट उपसभापति बर्मालाई केही दिनअघि कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।
आफूलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएपछि नगर कमिटीलाई चुस्त रुपले अगाडि लैजाने बर्माले बताए।
बर्मा बाँके कांग्रेसका एक जुझारु युवा नेतामा पर्ने गर्छन् ।