arrow

संसदीय सुनुवाइ समिति गठन, को को छन् सदस्यहरु ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
parliament-nepal-samsad.PNG
तस्बिर – फाइल ।

काठमाडौं । प्रतिनिधि सभाले संयुक्त बैठक तथा समिति कार्यसञ्चालन नियमावली पारित गरेसँगै संसदीय सुनुवाइ समिति गठन गरेको छ । 

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकले आइतबार संयुक्त बैठक र समिति सञ्चालन नियमावली पारित गरेपछि बसेको प्रतिनिधि सभाको बैठकले संसदीय सुनुवाइ समितिसमेत गठन गरेको हो । 

नियमावली पारित भएर सांसदहरूले हात नपार्दै समिति गठन गरिएको भन्दै नेमकिपा सांसद प्रेम सुवालले नियमापत्ति गरेका भए पनि सभामुख देवराज घिमिरेले त्यसमा आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रक्रिया अघि बढाएर समिति सदस्यहरुको नाम वाचन गरेका थिए । 

साना दलहरुलाई संसदीय समितिमा समावेश नगरिएको उक्त समितिमा नेपाली कांग्रेस र एमालेबाट ४–४ तथा माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाबाट १–१ जना सदस्य रहेका छन् । 

कांग्रेसबाट बाट रमेश लेखक, ईश्वरी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । 

नेकपा एमालेका तर्फबाट पदम गिरी, महेश बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी जीएम छन् ।

माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल रहेका छन् । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फबाट पशुपति शम्शेर जबरा रहेका छन् । जनता समाजवादी पार्टी जसपाबाट प्रकाश अधिकारी सदस्य बनेका छन् । 

१५ सदस्यीय समितिमा प्रतिनिधि सभाबाट १२ तथा राष्ट्रिय सभाबाट तीन सदस्य रहने प्रावधान छ । 

राष्ट्रिय सभाबाट यसअघि नै कांग्रेसका रमेशजंग रायमाझी, एमालेका देवेन्द्र दाहाल र माओवादीका जगप्रसाद शर्माको नाम सिफारिस गरिसकेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ