arrow

चिप लगाएपछि बाँदरले कम्प्युटर गेम खेल्न थाल्यो, मानिसमा परीक्षण अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
nuralink-elin-musk.jpg

काठमाडौं । चिप लगाएको बाँदरले कम्प्युटर गेम खेल्न थालेपछि अब यो प्रविधि मानिसमा पनि प्रयोग गरिने भएको छ । विश्वकै धनी एलन मस्कको कम्पनी न्युरालिंकले यसअघि बाँदरको मष्तिष्कमा चिप प्रत्यारोपण गरेर परीक्षण गरेपछि अब मानिसमा पनि प्रयागका लागि स्वीकृति पाएको छ । 

न्यूरालिंकले त्यसरी प्रत्यारोपित बाँदरको भिडियो यसअघि सार्वजनिक गरेको थियो । जसमा चिप जडान भएको बाँदरले कम्प्युटर गेम खेलेको देखाइएको थियो ।

यसले बाँदरलाई क्षति पुगे नपुगेको सम्बन्धमा अनुसन्धान चलिरहेकै बेलामा न्युरालिंकले मानिसको मस्तिष्कमा चिप जडान गर्ने अनुमति पाएको हो । 

न्युरालिंकले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट मानिसमा चिप प्रयोगका लागि स्वीकृति प्राप्त भएको हो । 

अब न्युरालिंकले मानिसको दिमागमा चिप लगाएर परीक्षण गर्न सक्नेछ । उसका अनुसार एफडीएको अनुमति यस्तो महत्वपूर्ण कदम हो जसले भविष्यमा कम्पनीको सो प्रविधिबाट धेरै मानिसलाई सहयोग गर्ने मार्ग प्रशस्त गर्नेछ । 

न्युरालिंकले आफ्नो आगामी योजनाका बारेमा भने केही पनि बताएको छैन ।

सन् २०१९ मै मस्कले सन् २०२२ सम्ममा न्युरालिंकलाई एफडीएबाट मानव ट्रायलका लागि स्वीकृति प्राप्त हुने दाबी गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ