arrow

साँझ दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूची यस्तो

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
parliament.png

काठमाडौं । आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै छ । दुवै सदनको बैठक साँझ बस्ने भएको छ ।  

प्रतिनिधि सभाको बैठक साँझ ६ बजेबाट शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक साँझ ६:१६ बजेबाट शुरु हुनेछ । 

आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-२०८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटको प्रति टेबुल गर्ने सम्भावित कार्यसूची छ । 

त्यस्तै राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. महतले आर्थिक वर्ष २०८०-२०८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटको प्रति टेबुल
गर्ने छन् । 

यता विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले कोभिड १९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ