arrow

बजेटले आम नेपाली जनतामा आशा र भरोसा दिन सक्दैन : विष्णु पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १६ मंगलबार
bishnu-poudel-2079-11-02.jpg

काठमाडौं। एमाले नेता तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  बजेटले आम नेपाली जनतामा आशा र भरोसा दिन नसक्ने बताएका छन् । सोमवार बजेट सार्वजनिक भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

उनले भने,‘सरकारले ल्याएको बजेटले सङ्कटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण पनि दिन सकेन । चलनचल्तीका कार्यक्रम घोषणा बाहेक बजेटले केही गर्न सकेको छैन । आम नेपाली जनतामा आशा र भरोसा दिन सक्दैन ।'

उनले बजेटले सङ्कटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण पनि दिन समेत नसकेको बताए  । उनले चलनचल्तीका कार्यक्रम घोषणा गर्ने बाहेक बजेटले केही गर्न नसकेको बताए। 

उनले भने,' अर्थतन्त्र जुन सङ्कट र मन्दीको अवस्थामा छ भन्ने कुरालाई बुझेर त्यसको उचाइबाट समाधान दिनुपर्ने थियो । त्यस हिसाबले बजेट आएको छैन।  बजेट कार्यान्वयन हुने कुनै सम्भावना छैन । राजश्व परिचालनको दृष्टिकोणले गर्दा चालु आर्थिक वर्षमा दर्दनाक अवस्था छ । सरकारले ल्याएको बजेटले लिएका लक्ष्य अनुसार राजश्व परिचालन,पुँजीगत खर्च,लगानी र ६।५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य समेत पूरा गर्न सक्दैन ।’

उनले आम नेपाली जनतामा आशा र भरोसा दिन पनि नसक्ने बताए। उनले अर्थतन्त्र देखिएको सङ्कट र मन्दीको अवस्थालाई जुन उचाइबाट समाधान दिनुपर्ने थियो त्यस हिसाबले बजेट आउन नसकेको बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ