arrow

आईपीएलको १६ औँ संस्करणको उपाधि चेन्नईलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १६ मंगलबार
ipl-2023-winner-chennai.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १६ औँ संस्करणको उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । फाइनलमा साविक विजेता गुजरात टाइटान्सलाई ५ विकेटले पराजित गर्दै महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नईले जित हासिल गरेको हो । 

पहिलो दिन वर्षाले टससमेत हुन नसकेको अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा रिजर्भ डेमा पनि वर्षाले असर गरेको थियो । खेलमा पहिले ब्याटिङ गरेको गुजरातले ४ विकेटको क्षतिमा २१४ रन बनायो ।

साइ सुदर्शनले ४७ बलमा ९६ रन जोडे । त्यस्तै ऋद्धिमन साहाले ३९ बलमा ५४, शुबमन गिलले २० बलमा ३९ तथा कप्तान हार्दिक पाण्डेयाले १२ बलमा अविजित रहँदै २१ रन जोडे । मथिशा पथिरानाले २ विकेट लिए । 

जवाफमा ३ बल खेल्दा वर्षाले केही समय प्रभावित भएपछि १५ ओभरमा १७१ रनको नयाँ चुनौती पाएको चेन्नईले ५ विकेट गुमाएर पूरा गर्यो । रविन्द्र जडेजाले अन्तिम बलमा चौका प्रहार गर्दै चेन्नईलाई जिताए । 

प्लेयर अफ द फाइनल देवोन कन्वेले २५ बलमा ४७, शिवम दुवेले २१ बलमा अविजित रहँदै ३२, अजिन्क्या रहानेले १३ बलमा २७, ऋतुराज गायकवाडले १६ बलमा २६, अम्बाति रायुडूले ८ बलमा १९ तथा रविन्द्र जडेजाले ६ बलमा अविजित रहँदै १५ रन जोडे । मोहित शर्माले ३ विकेट लिए । 

१० टोलीले सहभागीता जनाएको यो प्रतियोगितामा लिग चरणमा शीर्ष स्थानमा रहँदै गुजरात र दोस्रो स्थानमा रहँदै चेन्नईले पहिलो क्वालिफायर खेलेका थिए । उक्त खेल चेन्नईले जितेपछि गुजरातले दोस्रो क्वालिफायर खेल्दै मुम्बई इन्डियन्सलाई हराएर फाइनलमा पुगेको थियो ।

लखनउ सुपर जाइन्टस तेस्रो तथा मुम्बई इन्डियन्स चौथो हुँदै प्लेअफमा पुगेका थिए । इलिमिनेटरमा मुम्बईले लखनउलाई हराएको थियो । दोस्रो क्वालिफायरमा मुम्बई गुजरातसँग पराजित भयो । 

१६ औं संस्करणको समाप्तिसम्म चेन्नईले मुम्बईको बराबरी गरेको छ । दुवै टिमले अहिलेसम्म समान ५ उपाधि जितेका छन् । कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ