arrow

पत्रकार पौडेललाई विद्यालयमै हातपात, दोषीलाई कारबाही गर्न महासंघको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
ghanashyam-poudel-patrakar.jpg

काठमाडौं । नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सदस्य तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य घनश्याम पौडेल र क्यामरापर्सन रुकमागत भट्टराईलाई अर्घाखाँचीको धातिवाङ्ग माध्यमिक विद्यालयमा हातपात तथा कुटपिट भएको छ । 

विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा भएको फर्जी प्रक्रियाको रिपोटिङ गर्न क्यामरा, माइकसहित विद्यालयमा पुगेका पत्रकारद्धय पौडेल र भट्टराईलाई विद्यालयका प्रधानाध्यापक हिमलाल पौडेल, शिक्षक वेदराज पौडेल, अभिभावक शोभाखर पौडेल र रामप्रसाद पौडेलले हातपात गरेका हुन् । 

क्यामरा फुटाल्ने, माइक खोसेर फाल्ने तथा हातपात सार्वजनिक कार्यालय विद्यालयमै भएको हो । उक्त घटनाको नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकजस्तो सम्मानजनक र बौद्धिक क्षेत्रमा कार्यरत व्यक्तिसहित पत्रकारमाथि गरिएको यो हर्कत अत्यन्त निन्दनीय प्रेस विरोधी काम भएको जनाएको छ । 

महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

पत्रकार दुर्व्यवहार र सञ्चार सामग्री खोसिएको घटनाप्रति महासंघको ध्यानाकर्षण 
मितिः २०८०–०२–१६
नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका कार्यसमिति सदस्य तथा हिन्दुखबर डटकमका प्रधानसम्पादक एवं ग्यालेक्सीद्धय टेलिभिजनका सम्वाददाता घनश्याम पौडेल र सञ्चारकर्मी रूकमागत भट्टराईलाई समाचार संकलनका क्रममा गरिएको दुर्व्यवहार र सञ्चार सामग्री खोसिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । 

महासंघ अर्घाखाँची शाखाका अनुसार २०८० जेठ १४ गते आइतबार अर्घाखाँचीको पाणिनी गाउँपालिका ६ धातिवाङ्गस्थित धातिवाङ्ग माध्यामिक विद्यालयको विद्यायल व्यवस्थापन समिति गठन प्रक्रियाको स्थलगत रिपोर्टिङ्गका लागि पुगेका पत्रकारद्वयलाई विद्यालयका प्रधानाध्यापक, शिक्षक र उपस्थित केही अभिभावकसहितले दुर्व्यवहार र हातपात गर्दै पत्रकारको क्यामेरा र माइकसमेत खोसेका थिए ।

शिक्षकजस्तो सम्मानजनक र बौद्धिक क्षेत्रमा कार्यरत व्यक्तिसहित पत्रकारमाथि गरिएको यो हर्कत अत्यन्त निन्दनीय प्रेसविरोधी काम हो । महासंघ घटनामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन तथा पत्रकारलाई सहजतापूर्वक सञ्चारकर्ममा जुट्ने वातावरण निर्माण गर्न र आगामी दिनमा यस्ता घटना नदोहोरिनेतर्फ विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ