arrow

सवारी दुर्घटनामा परी उपप्रधानमन्त्री खड्काकी बुहारीको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
accident-bus-car-2080-02-16.jpg

बाँके । सवारी दुर्घटनामा परी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी बुहारीको मृत्यु भएको छ। मंगलबार साँझ भएको सवारी दुर्घटना परी घाइते भएकी उपप्रधानमन्त्री खड्काकी माइली बुहारी सञ्जु खडकाको उपचारको क्रममा मृत्यु भएको हो । साथै सो कारका चालक गोरखा आँपपिपल–५ का ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएको छ ।

कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार बाँकेवाट सुर्खेततर्फ जाँदै गरेको उनीहरु सवार  कार बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै बससँग ठोक्किन पुगेको थियो । 

सो दुर्घटनापछि खड्का, उनका चालक र बसमा यात्रारत ८ जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज ल्याइएको थियो । तर उपचारका क्रममा बुहारी खड्का र उनका सवारी चालक अधिकारीको मृत्यु भएको हो ।

मृतक सञ्जु बुढा उपप्रधानमन्त्री खड्काका माइला भाइ डम्बर खड्काकी श्रीमती हुन् । उनका श्रीमान् डम्बर कर्णाली प्रदेश अस्पतालका निर्देशकसमेत हुन् । डम्बरका दुई छोरा रहेका छन् । 

कार र बस एक आपासमा ठोक्किँदा कार पूरै क्षतिग्रस्त भएको छ भने बसको अगाडिको भाग पूर्ण रुपमा क्षति भएको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ