arrow

चेम्बर अध्यक्ष मल्ल सहितको टोली प्रचण्डसँग भारत भ्रमणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
chamber-of-commerce-team.jpg

काठमाडौं । चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोली प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग भारत भ्रमणमा गएको छ । 

निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै चेम्बर पदाधिकारी टोली प्रधानमन्त्री दाहालसँग भारत भ्रमणमा गएको हो । 

भ्रमण टोलीमा अध्यक्ष मल्लसँगै निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरु दिपक मल्होत्रा र उर्र्मिला श्रेष्ठ छन् । 

प्रधानमन्त्री प्रचण्डले आजदेखि शनिबारसम्म गर्ने ४ दिने औपचारिक भ्रमणका क्रममा भारतीय निजी क्षेत्रसँगसमेत अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।
 
यस्तै नेपाल भारतका निजी क्षेत्रका प्रतिनिधि संस्थाहरुलेसमेत दुई पक्षीय व्यापार, लगानी, भन्सार सहजीकरण लगायतका विषयमा अन्तरक्रिया गर्दैछन् । भारतीय व्यवसायीहरुसँग ऊर्जा क्षेत्रमा लगानी, पर्यटन तथा मझौला उद्योग व्यवसायमा लगानीको आग्रह गरिने अध्यक्ष राजेन्द्र मल्लले बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ