arrow

चीनमा एलन मस्क, व्यवसाय विस्तार गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
elon-musk-richest.jpg

काठमाडौं ।  विश्वका सबैभन्दा धनी व्यक्तिमध्येका एक खर्बपति तीन वर्षपछि पहिलो पटक चीन भ्रमणमा पुगेका छन् । 

विश्व प्रसिद्ध विद्युतीय कार कम्पनी टेस्लाका प्रमुख लगानीकर्ता एलन मस्कले चीनमा आफ्नो व्यवसाय विस्तार गर्ने घोषणा गरेका छन् । 

 बुधबार चीन भ्रमणका क्रममा धेरै सरकारी अधिकारीहरूलाई भेटेर सो प्रतिवद्धता जनाएका हुन् ।  

उनले चीनको ‘जीवनशक्ति र प्रतिज्ञा’ को प्रशंसा समेत गरेका छन् । 

उनले बुधबार बेइजिङमा वाणिज्यमन्त्री वाङ वेनताओलाई भेटेर ‘चीनको विकासको जीवन्तता र सम्भाव्यता’को प्रशंसा गरेका हुन् । 

मस्कले चीनको बजारमा पूर्ण विश्वास व्यक्त गर्दै पारस्परिक लाभकारी सहयोगलाई अझ गहिरो बनाउन इच्छुक रहेको बताएका छन् । 

उनले कोभिड–१९ महामारीको समयमा टेस्लाको साङ्घाई कारखानालाई प्रदान गरिएको सहयोग र ग्यारेन्टीका लागि चीनप्रति आभार प्रकट गरेका छन् ।

मस्कले मङ्गलबार विदेशमन्त्री किन गाङलाई आफ्नो कम्पनीले ‘चीनमा आफ्नो व्यापार विस्तार जारी राख्न इच्छुक रहेको’ बताएका थिए । 

मस्क र टेस्लाले यस यात्राको बारेमा कुनै औपचारिक जानकारी (विज्ञप्ति) जारी गरेका छैनन् । 

चिनियाँ सञ्चारमाध्यमका अनुसार टेस्लाले आफ्ना प्रमुख कार्यकारी अधिकृतलाई मङ्गलबार बेइजिङमा स्वागत गरेको थियो ।

मस्कले बुधबार बेइजिङमा उद्योगमन्त्री जिन झुआङलोङलाई भेटेर ‘नयाँ विद्युतीय सवारी साधन र ‘इन्टेलिजेन्ट कनेक्टेड भेहिकल’को विकास’ बारे छलफल गरेको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बुधबार साँझ उनी बेइजिङको राजधानीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निजी विमानमार्फत् साङ्घाईका लागि प्रस्थान गरेका छन् । 

चिनियाँ स्रोतलाई उद्धृत गर्दै ब्लुमबर्गले भनेको छ, “बेइजिङपछि उनले साङ्घाईस्थित आफ्नो कारखानाको भ्रमण गर्नुहुनछ र चिनियाँ प्रधानमन्त्री ली कियाङसँग भेटवार्ता गर्नुहुनेछ । 

चीन विद्युतीय सवारी साधनका लागि विश्वको ‘सबैभन्दा ठूलो’ बजार हो । सन् २०१९ मा चीनमा कार उत्पादनका लागि लगानी गरेसँगै यसै बर्षको अप्रिलमा टेस्लाले साङ्घाईमा आफ्नो दोस्रो ठूलो कारखाना निर्माण गर्ने घोषणा गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ